कहिले ठूलो कहानी त
कहिले मसिना किस्सा बन्छ ।
कहिले यात्रा, कहिले बाटो
त, कहिले जीवनकै हिस्सा बन्छ ।
कहिले याद बन्छ त
कहिले नछुट्टिने साथ बन्छ ।
कहिले स्फूर्ती र ताजगी त
कहिले मत्मत्याउने मात बन्छ ।
जे छ जति छ
पूरा जिन्दगी छ चियासँग ।
श्वास, प्राण चलाइराख्ने
अचम्मको सौगात बन्छ ।