सपना

हरेक रात
एउटा सपना आउँछ
र अत्याइदिन्छ भित्रैसम्म ।

विभ्रम, विस्मृत, विरस…

सपनाको यस्तै अनेकन्
विशृङ्खल ऊहापोहहरुमा
रुमल्लिन्छु
छट्पटाउँछु
हेर्छु
र भागिरहन्छु ।

थाहा छ-
सपना भ्रम हो
सपना मिथ्या हो ।

तर पनि
निदाउँछु त सपना देख्छु
बिउँझन्छु र सपनै देख्छु ।

मानौँ जोडिएको छु
कुनै पुरानो सम्बन्धसँग
इतिहाससँग
प्रेमसँग
डरसँग…

प्रिय !
के मेरो सपनामा
तिमी थियौँ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *