जरुरी छ कहिलेकाहीँ
आफ्नै गल्तीहरुलाई माफी दिन।
कहिलेकाहीँ जरुरी छ
आफैँलाई सुधार्न
गाली गर्न,हपार्न।
कहिलेकाहीँ दोमन हुन्छ
मनको मन नै बेमन हुन्छ।
जरुरी छ थुम्थुमाउन
फकाउन र फुल्याउन।
कहिलेकाहीँ
हिँड्दा हिँड्दै
जीवनका गल्लीहरुमा-
विश्राम पनि जरुरी छ।
कहिलेकाहीँ
जरुरी छ..