मन यतिकै टुट्दैन
कोही त हुन्छ टुटाउने!
मनको नजिकै बसेर
छिनोले भित्तो कोट्याएझैँ
मनको कमजोर भाग कोट्याइरहने।
कोही त हुन्छ फुटाउने-
सपनाको आकाशमा पुर्याएर
जमिनमा छोडेझैँ!
जसरी झर्छ
उडिरहेको चरो~
माथी आकाशबाट!
कोही त हुन्छ-
उही त हुन्छ!
जो सबसे करिब हुन्छ
जो मनको नजिक हुन्छ।