१- तमासा जिन्दगीको भयो !
हावाको लयमा सुर मिलाउँदै बतासिएँ
डुलेँ
जिस्किएँ ।
चोटहरुको सङ्ग्रामबिच बाँचेँ
रङ्गिएँ
घिस्रिएँ ।
मनचरी
मौनतामा रम्दै
सुभोगमा व्यस्त भएँ
हेर्न आफ्नै अधोगमन ।
तमासा जिन्दगीको भयो,
कलाकार सबै आफन्त निस्किए ।
२
उमेरमा केही गरौँ लाग्नु एक मन न हो
महिना पुगेसी मननै थाक्नु एक मन न हो !
पर्खनु कसैलाई
सबैभन्दा लामो क्षण हो
नत्र त
एक पछि अर्को मनमा भाग्नु एक मन न हो !
मैले जून देखेँ फूल देखेँ
तर त्यसमा तिमी देखिनँ
आमा-बुबासँग तिम्रो घरमा माग्नु पनि
एक मन न हो !
गुम्नु गुमाउनु आफ्नो ठाउँमा हुन्छ प्रिय
तिम्रो हातको भोजन चाख्नु एक मन न हो !
३
रमाउने उमेरमा कमाउने मनले एकपल्ट लड्छु भन्यो ।
वृद्ध उमेर अनि चाउरिएको छाला देखि अगाडि बढ्छु भन्यो ।
बाले गरेका थिए संघर्ष छोराकै लागि भनि
जब लासमा फूलमाला सहित राखेको पैसा देख्यो
गरिबको छोराले ‘बा म पनि मर्छु भन्यो’ ।