ईश्वरवल्लभको कविता- एउटा तीब्र बिहान

ती तीब्र उज्याला परिवेशहरू
पग्लिन्छन् रेखाहरू भएर-
कि शून्य झैँ स्थिर हुन्छन्
तर पनि
पग्लिनु स्थिर हुनु होइन,
पानी हुनु हो ।
परिवेश पग्लिंदा नदी हुनु हो ।

त्यसैले,
बिहानदेखिन् झरेर बेलुकीसम्म
जस्तै शिखरदेखिन् तल औलसम्म,
भिज्दै पनि
हराउँदै पनि,
ती उज्याला आतंकहरू
आतंकरेखा भने,
केही भन्नु हुँदैन
आतंक साँझ हुनु हो
घाम हुनु हो-
पश्चिममा अल्झिरहेका ती साँझहरू
तरल हुन्छन् तीर भएर
हरेक पाइलासितै पाइला सार्दै
हरेक आघातसितै ओर्लिंदै तल
परेको
तीब्र रातो बिहानजस्तो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *