समय एकैछिन अडिए

समय एकैछिन अडिए !
उडिरहेका बादलका
टुक्राटाक्री समेटेर
भरिदिन्थेँ तिम्रै केशभरी ।

बत्तिरहेको हावाबाट
बटुलेर शीतको थोपो
तप्काइदिन्थेँ तिम्रै मुहारमाथि ।

सपक्क मिलाउँथेँ
कानमुनी लत्रिएको केश
र पुछिदिन्थेँ
आँखैमुनि लत्पतिएको गाजल
अनि लिनेथेँ
ओठमाथी मिठो चुम्बन ।

समय एकैछिन अडिए !

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *