सारङ्गी बजाइरहेको गाइने
गाडीको चहलपहल
मान्छेको ओहोरदोहोर
पसलको घुइँचो
गल्लीको हल्लाखल्ला ।
कति सरल छन् कुराहरु!
उही जीवन
उही दैनिकी
सधैँको झैँ फगत एउटा दिन
एउटा घटना
तर थाहा छ-
कुनै कवि
बसेको हुनसक्छ यतै छेउछाउ
र कविता लेख्नसक्छ
उस्तै आमजीवनलाई मोहर पालीस लगाएर
दुरुस्तै मैजस्तै…
वाहियात्