परिवर्तन

हिँड्दा हिँड्दै
कहिलेकाहीँ भुलिन्छ बाटो
बनाउँदा बनाउँदै
कहिलेकाहीँ टुट्छ सम्बन्धको धागो
सम्झँदा सम्झँदै
कहिलेकाहीँ
बिर्सिएर जान्छन्
हजार वाचा बन्धनहरु ।

र सत्य यो पनि हो
मान्छे फर्किन सक्छ…

तर कुनैदिन
दोबाटोमा छुट्टिएर गएकाहरु
फर्केर आएनन् भने
सम्झनु
उनीहरु बदलिसके ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *