विभाजन

आकाशको यात्रा गर्दागर्दै
कहिलेकाहीँ
फर्कनुपर्छ जमीनमा ।

फैलिन्छु भन्दाभन्दै
कहिलेकाहीँ
जम्नुपर्छ चट्टान बनेर ।

समय छ
भन्छु- समय छ
तर
घरी यहाँ हुन्छु
घरी कहाँ हुन्छु

मनको झन् के ठेगान छ र ?
जसरी
एक ढिक्का बनेर बाँच्न खोज्छु
र फैलिन्छु हजारौँमा ।

जसरी
यतिबेला
म कतै अन्यत्र पनि छु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *