मेरा जीवनका यात्रीहरु

जे थियो-
इतिहास भयो
जे छ-
त्यसको मतलब छैन
जे हुनेछ-
कसलाई थाहा छ र?

थाहा छ-
जीवनका गल्ली
र मोडहरुमा
कोही आउँछ
बस्छ र जान्छ।
जस्तो-
डाँडाको चौतारो:
कोही आउँछ
थकाई मार्छ
र निस्कन्छ यात्रामा।

ए छुटेर गएका यात्रीहरु हो!
मैले बुझेको छु गन्तव्यको महत्व
र त
जान दिएको छु!
चुपचाप…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *