कैवल्य

चाहन्छु-
तिमीसँगको ‘योग’।
थोरै
भक्ति मिसिएको
थोरै
उपासना घोलिएको।

चाहन्छु-
तिम्रो प्रेममा सर्लक्कै हराउन
जसरी बिलाउँछ मुक्त आत्मा
कतै कुनै
निराकार ब्रह्ममा।

चाहन्छु-
मेटाएर सारा द्वेत/अद्वैतका भावहरु
पहिल्याउन मन छ
कैवल्यको बाटो
मुक्त हुन।

प्रिय~
मलाई
प्रेममा निर्वाण हुनुछ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *