यात्रा बाँकी नै छ

धेरै भेटेँ बाटोमा
थरिथरिका, परिपरिका।

केही मजस्तै यात्री थिए-
यात्राभरी साथ दिए
र छट्टिए।

केही व्यापारी थिए-
कारोबार गरे
बिदा भए।

केहीले रिस देखाए
केहीले प्रेम दिए।
केहीले बाटो देखाए
केहीले भड्काए।

साँची-
जानु कता थियो?
खोजी कसको थियो?

आफैँलाई एकबार सोध्नुछ
र खोज्नुछ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *