सोचेको थिएँ- समय थियो
था’नपाई बितेछ।
लागेको थियो- बाँकी छ यात्रा
गाडी नै छुटेछ।
प्रतिक्षा थियो, पर्खाई थियो
कसको थ्यो था’छैन।
हैरानी थियो, छट्पटी थियो
के को हो था’छैन।
जुन प्रेम मैले चाहेको थिएँ
मनभित्रै छिपेछ।
जुन फूल मैले चाहेको थिएँ
कसैले टिपेछ।