झेल्न सक्नुपर्छ

झेल्न सक्नुपर्छ
नीरव कराल रात्री
बिहान उदाउन।

झेल्न सक्नुपर्छ
कठोर कठीन यात्रा
शिखर चुम्न।

झेल्न सक्नुपर्छ
रिस घुर्की र घृणाहरु पनि
प्रेम पाउन।

झेल्न सक्नुपर्छ
पट्यारलाग्दो प्रतिक्षा
कसैको हुन।

झेल्न सक्नुपर्छ
अनेक माघ, हिउँद र शिशिर
वसन्तमा रमाउन।

झेल्न सक्नुपर्छ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *