जीवन- एक सम्झौता

कहिलै केही नमागी
ईश्वरलाई चढाएका छौ फूल?

कुनै वाचा नबाँधी
दिएका छौ निश्वार्थ प्रेम?

हात थापेर माग्न आएकाहरुलाई
के बोलेर थमाएको छौ
पित्तलको ढ्याक?

धेरै कुरा विचित्र छ।
बुझ न~
संसार जसरी चल्छ
सम्झौतामा चल्छ
करारनामाले लघारिन्छन्
सम्बन्धहरु!

जीवन पनि
एउटा सम्झौता होइन र?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *