डरको रोमाञ्च

सबै डर
डरलाग्दै हुन्छन् र?

पहिलोपटक
बाबाको पैसा चोर्दा काँपेका हात।
पहिलोपटक
स्कुल बङ्क गर्दा लर्खराएका गोडा।
पहिलोपटक
कसैको स्पर्शले बत्तिएको मुटुको चाल।
पहिलोपटक
प्रियलाई चुम्दा थर्थराएका ओठ।

सायद-
हरेक डर
पहिलोपटक डरलाग्दो हुन्छ।
त्यसपछि जे हुन्छ-
त्यो रोमाञ्च हुन्छ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *