नबोलेर त
ईश्वरले पनि दिन्नन् आशिर्वाद
माग्नपर्छ ।
नबोलेर त
माग्नेले पनि पाउँदैन भिक्षा
माग्नपर्छ ।
एउटा याचना
जो मनबाट निस्कन्छ
र छरपस्ट हुन्छ बोलीहरुमा
शब्दमा
आवाजमा
र गुञ्जिन्छ मुहारभरि ।
मुस्कानमै सही
म सुन्न सक्छु एउटा मुक भाषा
बरु मुस्कुराऊ
आवाज हो- आवाज देऊ
प्रिय!
बोलिदेऊ ।
@विस्मय !