आज फेरि
एउटा कविता फुराएँ
आज फेरि
एउटा गीत गुन्गुनाएँ ।
आज फेरि
एउटा घाम उदाएँ ।
आज फेरि
एउटा काम सकाएँ ।
आज फेरि
एउटा प्रेम पाएँ ।
आज फेरि
एउटा दिन बिताएँ ।
जीवन-
हरेक दिन उही पुनरावृत्ति न हो !
उही चिज,
दोहोर्याएँ… तेहर्याएँ..
एक घुट्को चिया
सुरुप्प पारेँ
र मन्द मुस्कुराएँ ।