रोपाईँ

हिलोमा चोबलिनु
र लछप्पै भई निस्किनु।
गोरुको पछि हिँड्नु
र पुछर समाई जिस्किनु।

गाउनु, कराउनु,
मग्न भई हराउनु।
भिज्नु यस्तरी कि
केहीसँग नडराउनु।

अझै याद छ,
त्यो बचपन
अनि त्यो रोपाईँ।

लाग्छ
त्यही खेतको आलीबाट
बिस्तारै निस्किएर
सपना सम्याईरहेछ जिन्दगी।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *