बाटो बिर्सिएसी के भेटिन्छ?
एउटा लामो डोर
पहाढतिर उक्लिएको
पातलो गोरेटो
खोलामा टुङ्गिएको
घाँसे गल्ली
अज्ञाततिर बिलाएको
साँघुरो खोँच
जमीनतिरै धस्सिएको
एउटा अर्कै बाटो
जीवनको,यात्राको।
मलाई
बाटो बिर्सिन मन छ
र पुग्न मन छ कुनै अर्कै दुनियाँ
जहाँ
आफूलाई चिन्ने-आफूबाहेक नभेटियोस्।
1 Comment