सुनाउन आएकी थियौ
मनको पीर ।
कति थियो उथलपुथल
कति थियो अस्थिर !
मनको एकालापमा
हेर न !
म पनि भुत्भुताइरहेँथेँ त्यही बेला
र तिमी टुप्लुक्कै आइपुग्यौ…
पढ्यौ त होला नि हैन !
मेरा आँखाहरु
ओठहरु
मुहारको शुष्कता
मनको उदासी
अर्को पटक भेट्न आउँदा
पक्कै लिएर आउनेछु आफूलाई
प्रिय,
यो पटक त यस्तै भयो !