फुत्त उड्छ मनबाट निस्किएर
आत्माको एउटा सानो हंस
र खुल्छ ब्रह्मको द्वार ।
ठप्प जम्छन्-
विचारहरु
विचारका वेगहरु ।
विचारशून्य, भावशून्य
समाधिस्थ, बौद्धशून्य…
बिल्कुल् शान्त बन्छन्
आवेगका उत्ताल लहरहरु ।
तिमीलाई थाहा छ नि हैन?
कति धेरै सम्भावनाहरु
लुकेका हुन्छन्-
केवल एक चुम्बनमा !