म देख्दैछु
एउटा फूल।
फूल बिस्तारै रस बन्यो
रस बिस्तारै हावा बन्यो
हावा बिस्तारै आकाश बन्यो
आकाश बिस्तारै बादल बन्यो
बादल बिस्तारै पानी बन्यो
पानी बिस्तारै आँशु बन्यो
अनि
तप्कियो मेरो निधारमा।
तिम्रो काखको संसारबाट
म देख्दैछु पुरा ब्रह्माण्ड
प्रिय~
मलाई
यहाँबाट उठ्न नभन ल!