लुसुक्क छिरेथ्यो
बिना अनुमति
र बसेथ्यो आँखामा ।
चाल मारेर धड्कनका गतिहरु
धड्किएथ्यो सँगसँगै ।
अनि
बहेथ्यो धमनीहरुमा ।
झिम्किएथ्यो परेलीमा
र
फेरेथ्यो एकसाथ
श्वासको आरोह- अवरोह ।
कोही त थियो
जो मनभित्रै थियो
जो मनभित्रै थियो !
तर एकदिन
बिना अनुमति
बिना अनुमोदन
चुपचाप बाहिरियो मनबाट…