पर्ख अलिक दिन

यतिबेला त
तिमी मलाई चिन्न सक्दैनौ।
पर्ख अलिक दिन
म आउनेछु
केही कविता लिएर

कानमा फुस्फुसाउनेछु
बिस्तारै आफ्नो नाम।

चिन्छौ नि चिन्न त!
केही शब्द सुनाउनेछु
केही कविता
केही भाव
अनि
केही मनका कुराहरु

टुप्लुक्क आइपुगुँला म
तिम्रो आँगनमा
पर्ख अलिक दिन
म आउनेछु
केही कविता लिएर..

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *