गजल- भ्रम थियो सकियो

जिन्दगीमा केही चिजको भ्रम थियो- सकियो,
आउने अनि निस्किनेको क्रम थियो – सकियो।

चिस्सिएसी सम्बन्धको महत्व नै कहाँ हुन्छ?
सेलाउन ठिक्क कतै तापक्रम थियो – सकियो।

एकोहोरो याद हुन्छ, सम्बन्धले साथ खोज्छ,
एकोहोरै लगाव अनि श्रम थियो – सकियो ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *