माध्यम

बादल केवल माध्यम हुन्छ
सागर र पहाडको मेल गराउन
पानी बोकेर।
माध्यम हुन्छ एउटा मन्त्र
ईश्वरसँग मेल गराउन।

पातमाथीको शीतझैँ
अझ-अरु तृणवत छ जीवन
माध्यम हुन्छ
अडिने पनि
अडाउने पनि
तप्किने पनि
तप्काउने पनि..

त्योभन्दा पर
एउटा कुरा भनुम्?
सायद
तिमीसँग भेट हुन
शरीर केवल माध्यम थियो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *