यहाँ

यहाँ
हर-कोही खुसी छ
र हर-कोही खुसी छैन।

यहाँ
हरेकलाई चाहिएको छ जिन्दगी
र हरेकलाई हरदिन भार बन्छ जिन्दगी।

यहाँ
हरेक चाहन्छ निस्वार्थ प्रेम
र हरेकले खोज्छ आफ्नो प्रेमको मूल्य।

यहाँ
हरेक दौडन्छ सपनाको पछि
र रोएको छ गन्तव्यमा पुगेर असन्तुष्टिले।

यहाँ
हर-कोही खुसी छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *