याद छ?
तिमीले महत्व दिएका
महत्वहीन सम्बन्धहरु!
या
तिमीले रोएर बिताएका
अर्थहीन रातहरु!
याद छ?
जसका लागि
सयौँ पल तड्पिएर बिताएथ्यौ!
के पायौ त?
बिर्सिदेउ सबै कुरा
क्षितिजमा हेर त!
एउटा सुनौलो बिहान
तिम्रै लागि कुरेर बसेको।
एउटा स्वर्णिम भविष्य
तिमीलाई नै पर्खेर बसेको छ।