चियाको कपबाट

चियाको कपबाट
बाफिँदै उड्छन् उसका यादहरु।

चियाको कपबाट
सुगन्ध छोड्छ उसैको उपस्थिति।

चियाको कपबाट
हर बिहान फर्किएर आउँछ
एउटा मिठो चुम्बन।

थाहा छ-
ऊ साथ छैन

कोही साथ हुनु र नहुनुले
फरक पर्छ र जिन्दगीमा?

फरक पर्छ-
धेरै नै पर्छ।

प्रिय,
आज पनि मैले
तिम्रो लागी चिया बनाएँ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *