सुन- माटोले गाएको गीत
सुन- गाउँले सुसेलेको सुस्केरा
सुन- पहाडमा गुञ्जीएको धुन
सुन- झरनाले बुनेको ताल
सुनीराख- देशले बोलेको आवाज।
चाहे जतासुकै जाउ
या पुग संसारको पल्लो कुना।
तिम्रा कानमा गुञ्जिरहे
पाखा पखेराका धुनहरु
तिमी भुल्ने छैनौ देशलाई।
सुन-
अनि याद राख।