देखेको छु
संसार चिन्न हिँडेकाहरु पनि
आफैँलाई बिर्सिएर फर्केको ।
फूल टिप्न बगैँचामा गएकाहरु
रक्ताम्य हुँदै निस्किएको ।
प्रेम खोज्न निस्किएकाहरु
अन्धकारमा रुमल्लिएको ।
मलाई विश्वास छ-
कुनै दिन
तिमीलाई पनि
याद आउनेछ मेरो सामिप्यता
र मनको प्रेम ।
त्यो दिन
फर्केर आउनलाई म रहनेछैन !