मनको भग्नावशेषमा
पुरिएका छन्
हजारौँ हजार इतिहासहरु।
कहिलै नबिर्सिने अनुहार
कहिलै नफर्किने मिलन
कहिलै नमेटिने याद
कहिलै नभेटिने पर्खाईहरु।
उत्खनन् गर्दैछु-
कहाँ हराउँथ्यो र?
मनको अतल गहिराईमा
निथ्रिएर बसेको
जमेर बसेका तमाम सुन्दर पलहरु।
भग्नावशेष-
उत्खनन् गर्दैछु।