ति आँखा राम्रा गाजले

ति आँखा राम्रा गाजले
झुकेका थोरै लाजले।
कुन संजोगले भेटियो
तिर्सना सबै मेटियो।

मुहारै राम्रो जूनजस्तो
धपक्कै लाग्ने सुनजस्तो
झलक्क हेर्दै दिल बस्यो
नउम्किने गरी झैँ फस्यो।

मुस्कानै मिठो हाँसोको
छेवैमा बस्ने मन भयो।
आज त यसै दिन गयो
भोली पो के के हुने हो!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *