हिँडे बाटो छोटिन्छ
हिँडिरहे पुगिन्छ।
सम्हालेर पाइला चाल्नु
बाटो अलिक अप्ठेरो छ।
दायाँ बायाँ विचार गर्नु
तगारो र चौघेरो छ।
थकान हुन्छ सुस्ताउनु
पानी बोक्नु- पिउनु।
ठेस लाग्छ- पीर नमान्नु
विचार गरी लम्किनु।
ढुङ्गा हुन्छ- ठोकिन्छ
हिँडे बाटो छोटिन्छ
हिँडिरहे पुगिन्छ..