मोजा
नतन्काई लाग्दैन
लगाए तन्किन्छ।
अनिवार्य चाहिन्छ
तर नहुँदा पनि ठिक छ
यसो-उसो काम चल्छ नै!
निकट हुन्छ
तर सधैँ हुँदैन पनि।
नलगाई पनि सकिन्न।
लगाऊँ
पानी पर्छ- भिज्छ
गर्मी हुन्छ- भिज्छ
धेरै दिन लगाइरहे
गन्हाउँछ
र साथ राख्न सकिन्न।
मलाई
कतिपय सम्बन्ध
मोजाजस्तै लाग्छन्।