झ्यालमा उभिएर

झ्यालमा उभिएर पनि
भित्रै हेरिरहे
उही कुरा त देखिन्छ!
उही खुज्मुजिएको तन्ना
असरल्ल पुस्तकहरु
काँटीमा झुण्डिएको मैलो कोट
टेबल, कुर्सी, दराज…

झ्यालबाट बाहिर हेरे देखिन्छ-
सुनौलो क्षितिज
पारिलो पहाड
बच्चाको चहलपहल
हरिया गह्राहरु!

जीवन हेर्न पनि
हेर्नैपर्छ
झ्यालबाहिरको संसार।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *