म बुझ्छु
मेरो अनुपस्थितिमा
व्याकुल बनेका धड्कनको चाल।
म बुझ्छु
मेरै प्रतिक्षामा
भिजिरहेका आँखाका परेला।
समय हो प्रिय
पर्खनुपर्छ।
जसरी
पर्खन्छ नदी
वर्षात नहुन्जेल।
जसरी
पर्खन्छ हिमाल
हिउँद नआउन्जेल।
जसरी
पर्खन्छ कोइली वसन्तलाई।
जसरी
पर्खन्छ कोही मनको ईश्वर
वर्षौँसम्म
जीवनभर…