दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ।
पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
र भन्नु भारी महल न हो दरबार पो किन चाहियो ।
कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ।