आऊ- हामी वैदिक प्रेम गरौँ…

म प्रेमका ऋचा पढौँला
तिमी समर्पणले हवन गर्नु।
म साम गाउँला स्नेहले
तिमी सुर मिलाइ नाद भर्नु।

मन्त्रहरु फुस्फुसाउँदै
वचन दिउँला जन्मान्तको।
एकाकार भइ दुई आत्मा
भ्रमण होला अनन्तको।

आऊ-
हामी वैदिक प्रेम गरौँ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *