चाहँदैमा

चाहँदैमा पाइन्छ?
कसैको प्रेम
कसैको मिठो हाँसो
कसैको मधुर जवाफ
कसैको मायालु हेराई…

चाहना दोहोरो हुनुपर्छ
चाहनामा संयोग हुनुपर्छ।
एकोहोरो त
याद हुन्छ साथी
पर्खाई हुन्छ, तड्पाई हुन्छ।

चाहँदैमा-
संसारको खराब भन्दा
खराब चिज पनि पाइन्न।
चाहँदैमा-
केही पाइन्न।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *