मेरी प्रिया
अब म जान्छु ल!
मैले त पुग्नुछ दूरको क्षितिज-
जहाँ
कुनै गन्तव्य मलाई नै कुरिरहेछ।
जहाँ
मेरै लागि उदाउँदैछ अर्को बिहान।
जहाँ
बनाउनुछ मैले सपनाको महल।
बिन्ती नरोक!
नरोऊ!
अहिलेलाई जान्छु ल!
मेरी प्रिया
कुनै दिन
मैले आफैँलाई भेट्न सकेँछु भने
तिमीलाई भेट्न जरुर आउँला।