मकैका खोसेला नाङ्गिएझैँ
उदाङ्ग थिए हाम्रा रहरहरु।
उन्मुक्त हुन्थे बाली खन्याएपछिका गह्राहरु
जसरी स्वतन्त्र थियो जिन्दगी।
हरिया मकैका दुधे दानाहरु झैँ
कति अबोध थियो बालापन!
संसारको जुनै कुनामा पुगौँ,
या चाखौँ दुनियाँकै मिठो फल।
तर त्यो स्वाद
अमर रहनेछ..