आफ्नै लयमा

कतिपटक सम्झिएर रोएँ हुँला
बितेको कुनै पललाई !
कतिपटक मनैदेखि पग्लिएँ हुँला
अतीतका आँशुहरुमा !

कतिपटक
मन खोलेर धिक्कारेँ हुँला
आफ्नै निधारमा थुप्रिएका कर्महरुलाई !

जीवन ?
एक लयमा बगरहेछ आखिर,
बगिरह्यो… बितिरह्यो…
आफ्नै रफ्तारमा
आफ्नै लयमा

जसरी
बहिरहन्छ बतास
बगिरहन्छ नदी
चलिरन्छ सृष्टि
आफ्नै धुनमा
आफ्नै लयमा…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *