बगरको कथा

बगरै बगर हिँडेथ्यो ऊ
खोला तर्न ।
खोला तर्‍यो
अनि बगरमै हरायो ।

उसले त
उक्लनुथियो पहाड
र पुग्नुथियो कतै शिखरमा
तर मिसियो
अरु हजारौँ बगरेहरुकै भिडमा
र बिर्सियो पहाड
बाटो
यात्रा
आफू…

कथा कति होलान् हकि
बगरमा हराएकाहरुको !
कति कति व्यथाहरु

सुन्छौ साथी !
केही कथा त
मसँग पनि छन् ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *