छुस्स आउँछ
र हराउँछ तिम्रो याद ।
झिलिक्क बिजुली चम्किएर
रातको नीरवतामा बिलाएजस्तै ।
छाम्न खोज्छु-
तिम्रै सामिप्यताको ढुकढुकी
बतासिएर आएको
तिम्रै सुगन्धको मिठो महक,
महसुस गर्न खोज्छु ।
हजारौँ विचारहरुको बेहरी चल्छ
मनमा.. मगजमा..
आउँछ, सताउँछ
लुक्छ र हराउँछ ।
भन न,
भर्खरै तिमी यतै थियौँ ?