स्थान-धर्तिका कुनै अमुक क्षेत्र
समय-एउटा जीवन बराबर
पात्र-म पात्र र अन्य सहायकहरु
पर्दा खुल्छ:
दृश्य १- म पात्र जन्मन्छ
दृश्य २-..
दृश्य ३-..
…
…
अन्तिम दृश्य- म पात्र मर्छ
र
बिस्तारै पर्दा खस्छ…
जीवन-
एउटा कथा
एउटा नाटक
र अनेक भूमिकाहरु।
यसरी नै नाटक चलिरहन्छ…