स्वप्नचुम्बन

एकाएक
मधुर रसझैँ
केही रसायो ओठभरी।

मानौँ-
भर्खरै चाखिएको गुलियो आँप
मानौँ-
भर्खरै चुस्की भरेको मिठो चिया
मानौँ-
भर्खरै आँत भिजाएको स्वादिलो सर्बत

मानौँ-
भर्खरै चुमेका प्रियसीका ओठ…

मानौँ-
हुनसक्छ
जे पनि हुनसक्छ…

प्रिय
के तिमीले सपनामा
भर्खरै मेरा ओठ चुमेकी थियौ?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *