पुनरावृत्ति

म त्यहीँ उभिएँथेँ
जहाँ
म उभिनुभन्दा पहिलै
म उभिएको हुँदो हुँ ।

म त्यही हिँड्दै थिएँ
जहाँ
म हिँड्नुभन्दा पहिलै
म हिँडेको हुँदो हुँ ।

बाँच्नु- केवल सकिनु
दिन, महिना,
ऋतु, साल हुँदै
खिइनु.. रित्तिनु..

आजको दिन भन्नु पनि
फगत्
हिँजोकै पुनरावृत्ति न हो !
बस्
भित्रभित्रै निख्रिँदैछु ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *